images
images
  • कावासोतीमा ७० बिघा जग्गा ‘माफिया’को कब्जामा

    नवलपुर : जिल्लाको कावासोती नगरपालिका वडा नं. ४ स्थित (साविक शिवमन्दिर क, ख र ग तीन वटा नक्सामा रहेको) १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा बाहिरका भूमाफियाले कब्जा गरेको पाइएको छ।

    बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ,८०९ घरधुरी रहेको कावासोती- ४, हसौरामा पुस्तौँदेखि खनजोत गरेर बसोबास गरिरहेका छ सय घरधुरीको जग्गाधनी पुर्जा अर्कै व्यक्तिको नाममा रहेको पाइएको हो । हसौरामा २० वर्षअघि जग्गा किनेर बसोबास गरिरहेकालोकबहादुर आलेले आफ्नो कित्ता नं. १५९ को जग्गा रूपन्देहीका पर्साबहादुर आलेको नाममा रहेको बताए।

    ‘२० वर्षअघि मैले अर्कै व्यक्तिसँग जग्गा किनेर बसेको थिएँ तर धेरैपछि मात्र थाहा भयो, म बसेको जग्गाको पुर्जा पर्साबहादुर आलेको नाममा रहेछ’, लोकबहादुरले भने, “उहाँ आफू बेलायत बस्नुहुँदो रहेछ, परिवार रुपन्देहीको सुक्खा नगरमा छ भनेर भेट्न त्यहाँ पनि पुग्यौँ तर भेट्न सकेनौँ ।’

    लोकबहादुरका अनुसार पर्साबहादुरबाट मात्र यहाँका १५ घरधुरी परिवार ठगिएका छन् ।

    त्यस्तै अर्का स्थानीय गणेश पोख्रेलले पनि करिब २२ वर्षअघि अर्कै व्यक्तिबाट जग्गा किन्नुभयो तर उहाँ बसेको जग्गाको पुर्जा यदुनाथ पराजुलीको नाममा छ, पराजुलीको भने निधन भइसकेको छ । कावासोती- ४ का अध्यक्ष नारायण लोहनीका अनुसार यसरी पुर्जाविहीन भएका एउटै वडाका ६०० घरधुरी सङ्गठित रूपमा सक्रिय रहेका भूमाफियाबाट ठगिएका छन् ।

    वर्षौँदेखि जोतभोग गरेर बसोबास गरिरहेको भए पनि उनीहरूसँग पुर्जा छैन । अध्यक्ष लोहनीले जिल्लाबाहिरका व्यक्तिहरू क्युप्रसाद बस्याल, यज्ञमूर्ति पाठक, काशीनाथ सापकोटा, ठाकुरप्रसाद शर्मा, पर्साबहादुर आले, यदुनाथ पराजुलीलगायतले अवैधानिक तरिकाले जग्गा कब्जा गरेको आरोप लगाए।

    प्रतिक्रिया दिनुहोस्