images
images
  • प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आजका लागि तोकिएको छ।

    सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आजका लागि तोकिएको हो।

    गत माघ २८ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी प्रधानमन्त्री ओलीले कपटपूर्ण तरिकाले भूमि अध्यादेश जारी गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

    गिरीबन्धु टी स्टेटको जग्गा टुक्रयाउने मनसायले भूमि अध्यादेश जारी गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ गते जारी भएको परमादेशको कार्यान्वयनमा अवरोध सिर्जना गरेको जिकिर अर्यालले गरेका छन्।

    अर्यालले दायर गरेको रिटमा प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्नसमेत माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्