images
images
  • दोलखामा खुकुरी देखाएर शिक्षिकामाथि आक्रमण (भिडियोसहित)

    दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामामाथि आक्रमण भएको छ ।

    शिक्षिका तामाङमाथि बाटोमा कुरेर बसेका भीमेश्वर नगरपालिका ५ का सुन्दर अधिकारीले खुकुरी देखाएर हातपात र आक्रमण गरेका हुन् ।

    शिक्षिका तामाङलाई सोमबार बिहान विद्यालयबाट निस्किने क्रममा आक्रमण गरिएको हो । आफू विद्यालयबाट निस्किएलगत्तै बाटोमा ढुकेर बसेका अधिकारीले हुत्ताएर लडाउनुका साथै खुकुरी निकालेर ज्यान मार्ने प्रयास गरेको शिक्षिका तामाङले बताइन्।

    आक्रमण गर्ने अधिकारी शिक्षिका तामाङकै फुपुको छोरा रहेको खुलेको छ । तामाङको हजुरआमाको नाममा रहेको जग्गा अधिकारीले जानकारीविनै आफ्नो नाममा नामसारी गरेपछि सो विषयमा अदालतमा मुद्दा दायर भएको थियो ।

    शिक्षिका तामाङको परिवारले दायर गरेको सो मुद्धा अदालतमा विचाराधिन रहेका बेला अधिकारीले हातपात र आक्रमण गर्दै खुकुरी प्रहार गर्ने प्रयास गरेका हुन् । सो जग्गाको विषयमा उच्च अदालतमा मुद्दा दायर गरिएपछि अधिकारीले मुद्दा फिर्ता लिन धम्की दिँदै गाली गलौज र हातपातका साथै आक्रमण गरेको पीडित तामाङले बताइन्। शिक्षिका तामाङमाथि आक्रमण भएपछि स्थानीयले प्रतिकार गर्दै उनलाई बचाएका थिए ।

    आफुमाथि आक्रमण भएपछि सोमबार नै जिल्ला प्रहरी कार्यालयमा आएर किटानी जाहेरी दिएको शिक्षिका तामाङले बताइन् । तामाङ आज बिहान वैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित वैतेश्वर माविको गेटबाट निस्कने क्रममा आक्रमण भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्