images
images
  • प्रधानमन्त्री ओलीले फेरी भने-‘माओवादी जनयुद्ध हिंसा हो’

    काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीद्वारा सञ्चालन गरिएको १० वर्षे सशस्त्र संघर्षलाई ‘जनयुद्ध’ नभई हिंसा भएको बताएका छन्। सिंहदरबारमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समिति बैठकमा उनले उक्त विचार राखेका हुन्।

    ओलीले निरंकुशता र प्रतिगमनविरुद्ध नेपाली जनताको बलिदानी संघर्षले ल्याएको प्रजातन्त्र दिवसलाई जनस्तरमा भव्य रूपमा मनाउनुपर्ने बताए। उनले भने, “हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन्, तर प्रजातान्त्रिक परिवर्तनलाई अस्वीकार गर्ने तत्वहरूसँग सम्झौता गर्न सकिँदैन।”

    यसैबीच, सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ भव्य रूपमा मनाउने तयारी गरेको छ। प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ, जसमा उपप्रधानमन्त्री, मन्त्रीहरू, प्रधानसेनापति, काठमाडौं महानगर प्रमुखलगायत विभिन्न उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

    फागुन ७ गते टुँडिखेलमा मुख्य समारोह आयोजना गरिनेछ भने नेपालका विभिन्न स्थान र विदेशस्थित नेपाली नियोगहरूमा दीपावली गरिनेछ।

    प्रतिक्रिया दिनुहोस्