images
images
  • ‘जनयुद्ध’लाई हिंसा भनेपछि विवादमा ‘बादल’

    काठमाडौं-नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी युद्धलाई ‘हिंसा नै भएको’ बताउँदै जनयुद्ध दिवस मनाउन नहुने धारणा राखेपछि विवाद सिर्जना भएको छ। माओवादी नेताहरूले बादलको भनाइको कडा विरोध गर्दै इतिहास बङ्ग्याउन खोजिएको आरोप लगाएका छन्।

    माओवादी सचिव राम कार्कीले एमालेको कोर टिममा पर्न बादलले जनयुद्धलाई गलत भन्नुपरेको टिप्पणी गरेका छन्। केन्द्रीय सदस्य रञ्जित तामाङले उनलाई ‘जनयुद्धको खलनायक’ को संज्ञा दिँदै समयले हिसाब खोज्ने चेतावनी दिएका छन्।

    २०७७ मा एमालेमा प्रवेश गरेका बादलले पछिल्लो समय अध्यक्ष केपी ओलीको समर्थन गर्दै आएका छन्। तर, उनले अघिल्लो वर्ष जनयुद्ध दिवसमा शुभकामना दिएका थिए। बादलको पछिल्लो अभिव्यक्तिलाई राजनीतिक स्वार्थ अनुसारको ‘बदलिएको अडान’ भनेर टिप्पणी भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्