काठमाडौं – रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् ।
कांग्रेस-एमाले गठबन्धनकी साझा उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई करिब १५०० मतान्तरले पराजित गर्दै बुढा उपाध्यक्ष निर्वाचित भएकी हुन् ।
बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत मात्र पाइन् । उनीहरुबीच १४९९ मतको अन्तर छ ।
यहाँ यस अघि पनि माओवादी केन्द्रकै उम्मेदवार उपाध्यक्ष थिइन् ।
प्रतिक्रिया दिनुहोस्