images
images
  • एनपीएल (NPL)मा जनकपुरको विजयी सुरुवात, कहाँ चुक्यो विराटनगर ?

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल – Nepal Premier League – NPL2024)को उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई पराजित गरेको छ ।

    टीयू मैदान कीर्तिपुरमा भएको खेलमा बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको  सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले एनपीएलको पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

    20241130 150951 scaled

    मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउँदै पूरा गरेको हो ।

    मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाएका थिए ।

    विराटनगर (Biratnagar)का क्रिस सोलले वाइड फालेपछि जनकपुर (Janakpur)ले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाएका थिए ।

    20241130 151006 scaled

    कप्तान अनिल शाह (Anil Shah) पनि व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए ।  तर त्यसपछि मिलान्था र हर्श थाकरले मिलेर इनिङ्स समाले । यो जोडीले तेस्रो विकेटका लागि अविजित ११६ रनको शतकिय साझेदारी गरे ।

    विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक-एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।

    20241130 151000 scaled

    विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । फितलो ब्याटिङ नै विराटनगरको हारको कारण बनेको छ ।

    पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए ।

    20241130 150954 scaled

    त्यसअघि एनपीएलको पहिलो चौका विराटनगरका लोकेश बमले प्रहार गरेका थिए । तर उनलाई आउट गर्दै जनकपुरका ललित राजवंशी एनपीएलको पहिलो विकेट लिने खेलाडी बने ।

    ६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । तर इल्यास पनि १५ रन बनाएर आउट भए ।

    त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन् । निकोलस किर्टोन ९, बसिर अहमद ७,राजेश पुलामी मगर १, प्रतिश जिसी २, कप्तान सन्दीप लामिछाने (Sandeep Lamichhane) ७, क्रिस सोल ४ र तथा जितेन्द्र मुखिया खाता नखोली आउट भएका थिए । विराटनगरका लागि गप्टिल र इल्यासबाहेक कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    20241130 150836 scaled

    जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा  २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।

    यस्तै क्यानडियन अलराउण्डर हर्श थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

    भोलि स्थानीय तहको उपनिर्वाचन भएकोले एनपीएलका खेल हुने छैनन् । पर्सि सोमवार एनपीएलकै स्टार खेलाडी शिखर धवन सम्मिलित कर्णाली याक्सले आजको विजेता जनकपुर बोल्टसको सामना गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images