काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति भएका प्रदीपजङ्ग केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को मंसिर १० को निर्णयले केसीलाई उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
नेपाली सेनाका अनुसार पदोन्नति भएसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएका छन् ।
केसी अब नेपाली सेनामा तेस्रो शक्तिशाली व्यक्ति भएका छन् । प्रधानसेनापति सिग्देल र बलाधिकृत रथी निर्मलकुमार थापापछि केसी तेस्रो वरीयतामा छन् ।
वरिष्ठ उपरथी भएपछि केसीलाई रथीमा बढुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्