images
images
  • जनताको अवस्था परिवर्तनका लागि आन्दोलन आवश्यक छ, म थाकेको छैन, त्यसैको तयारीमा छु : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले नै थाकी नसकेको बताएका छन् ।

    बिहीबार कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफू पुनः आन्दोलन गरेरै जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावरण निर्माणका लागि खटिरहेको बताए पनि बताएका छन् ।

    ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक छ । हामी थाक्न हुने स्थिति छैन,’ सम्बोधनकाक्रममा प्रचण्डले भने, ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन म रातदिन देशैभरी खटिरहेको छु ।’

    प्रचण्डले यहि मंसिर १६ गते हुने उपनिर्वाचन सामान्य कुरा नभएको पनि उल्लेख गरे।

    यो सामान्य चुनाव जित र हारको कुरा मात्रै नभएर नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरूले जित्ने भन्ने प्रस्थान बिन्दु हुने प्रचण्डको दाबी छ ।

    ‘अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’

    अध्यक्ष प्रचण्डले अहिले बनेको सरकार विचौलियाले नै बनाएको पनि दाबी गरे । पछिल्लो समय भएका विभिन्न नियुक्ती र सरकारका कामबाहीहरु हेर्दा यो सरकार पूर्णतया विचौलियाले नै बनाएको हो भन्नेमा आफू ढुक्क भएको पनि प्रचण्डले बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images