काठमाडौं – पोखरा विश्वविद्यालयले स्नातक र स्नतकोत्तर तहमा नयाँ पाठ्यक्रम लागू गरेको छ ।
पोखरा विश्वविद्यालय, व्यवस्थापन अध्ययन संकाय अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमहरु मध्ये स्नातक तहमा बिबिए, बिबिए (फाइनान्स र बिबिए (ट्राभल एण्ड टुरिज्म) र स्नातकोत्तर तहमा एमबिए एमबिए (फाइनान्स र एमविए (ग्लोबल बिजनेस) का पाठयक्रमहरु यसै शैक्षिक सत्र २०२४ फलबाट लागू हुने गरी नयाँ परिमार्जित र परिष्कृत गरिएको हो ।
साथै बिएचएम र विसिएसआइटी कार्यक्रमहरुका नयाँ पाठ्यक्रमहरु गत शैक्षिक सत्र २०२३ फल देखि नै लागू भई पठनपाठन भईरहेका छन् ।
हालको विद्यमान बद्लिंदो विश्व परिवेश, आर्थिक, सामाजिक, व्यावसायिक र प्राविधिक गतिविधिहरुलाई मध्यनजर गर्दै वर्तमान र आगामी केही वर्षमा नेपाल लगायत विश्व जगत्मा व्यवस्थापन, व्यापार, उद्यमशीलता र अन्य व्यवसायहरुको लागि दक्ष मानव संसाधन उत्पादन गर्ने नयाँ पाठय्क्रमहरु मुख्य उद्देश्य रहेको छ ।
हाल लागु गरिएका स्नातक तहका पाठ्यक्रमहरुमा प्रत्येक सेमेष्टरमा प्रयोगात्मक र व्यावहारिक ज्ञानको लागि प्राक्टिक्रम कोर्यहरु, प्रोजेक्ट वर्क र कम्युनिटी इङगेजमेन्ट प्रोजेक्ट जस्ता कोर्षहरु समावेश गरिएको छन् । अन्तिम आठौं सेमेष्टरमा इन्टर्नशीप राखिएको छ र सो सेमेष्टरमा कलेजमा हाजिर हुनेगरी कुनै पनि कोर्ष राखिएको छैन् ।
यसरी कलेज आउनु नपर्ने हुँदा सातौ सेमेष्टर पछि विद्यार्थीहरु इन्टर्नशीप सहित रोजगारीमा वा व्यवसायमा आवद्ध हुन सक्छन् । साथै इन्टर्नशीपको लागि आफु अध्ययन गरिरहेको कलेज भन्दा अन्य टाढाको स्थान तथा विदेशमा समेत गई अनुभव लिन सक्छन् । यो विद्यार्थीहरुका लागि अति नै उपयोगी, रोजगारीमूखी र व्यवसायमूखी हुन्छ ।
स्नातक तहमा जम्मा १२० क्रेडिट आवरको कोर्ष प्रयोगात्मक सिकाई, प्रोजेक्ट र अनुसन्धानमूलक कार्यहरु गराईन्छ । यस तहमा ४२ महिना कलेजको कोर्ष वर्क र ६ महिनाको इन्टर्नशिप गरी जम्मा ४८ महिनामा अध्ययन पूरा हुन्छ ।
नयाँ पाठ्यक्रम परिमार्जन गर्दा विविए विआई कार्यक्रमलाई विविए (फाइनान्स) नामाकरण गरिएको छ। यस कार्यक्रममा फाइनान्समा विशिष्टिकरण कोर्षहरु अनिवार्य हुनुको साथसाथै वैकिक, विमा, कर्पोरेट फाइनान्स र पूंजी बजार मध्ये कुनै दुईवटा विधामा विशिष्टिकरण गर्न सकिन्छ ।
स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु एमबिए एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस) मा बजारको आवश्यकता अनुसारका नयाँ कोर्षहरु राखिएको छ । साथै प्राक्टिकम र सेमिनार कोषहरु थपिएको हुँदा प्रयोगात्मक र व्यावहारिक शिक्षालाई जोड दिइएको छ। यी कार्यक्रमहरुको अध्ययनको सिलसिलामा इन्डष्ट्री अथवा रिसर्च मध्ये एउटा बाटोमा रोज्न पाईन्छ । जुन नेपालको व्यवस्थापन शिक्षामा नयाँ प्रयोग हो ।
इन्डष्ट्री विधामा विद्यार्थीहरुले उद्यमशीलता विकास सँगै नव उद्यम प्रवर्धन गर्न सहयोग पुग्दछ । रिसर्च कार्य पनि गहन र विस्तृत तरिकाबाट सिकियोस भन्ने हेतुले ६ क्रेडिट आवरको गरिएको छ ।
यसरी स्नातकोत्तर तहमा पनि इन्टर्नशिपलाई विशेष प्राथमिकता दिईएको छ । इन्टर्नशिप अन्तिम छैटौ ट्राइमेष्टरमा राखिएको छ र यस ट्राइमेस्टरमा कुनै पनि कोर्ष नराखिएको हुँदा सिधै रोजगार अथवा व्यवसायमा जान सकिन्छ । साथै स्वदेश तथा विदेशको कुनै पनि ठाउँमा गएर इन्टर्नशिप गर्न सकिने हुँदा अझ सहज हुन्छ ।
स्नातकोत्तर तहमा जम्मा ६० प्रतिशत क्रेडिट आवरको कोर्ष, प्रयोगात्मक सिकाई, प्रोजेक्ट र अनुसन्धानमूलक कार्यहरु गराईन्छ । त्यसैगरी स्नातकोत्तर तहमा २० महिनाको कलेजको कोर्ष वर्क र ४ महिनाको इन्टर्नशिप सहित जम्मा २४ महिनामा अध्ययन पूरा हुन्छ ।
स्नातकोत्तर तहमा सबै कार्यक्रमहरु विहानी, दिउँसो वा सांझको समयमा सञ्चालन गर्न सकिने छन् । क्रेडिट प्रणालीबाट कक्षा भारहरु निर्धारण गरिएको हुँदा पहिले नै व्यवसायिकतामा संलग्न तथा जागिर गरिरहेका विद्यार्थीहरुको लागि पनि यी कार्यक्रहरुको कक्षा समयभार अनुकुल हुने गरि निर्धारण गरिएको छ।
नेपालमा पोखरा विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत मात्र ट्राइमेस्टर प्रणालीमा एमबिए एमबिए (फाइनान्स) र एमविए (ग्लोबल बिजनेस कार्यक्रमहरु अध्ययन अध्यापन गराईन्छ । यो नेपालको अन्य कुनैपनि विश्वविद्यालयमा पाइदैन् । यसरी ४ महिनाको एक ट्राइमेस्टर र २ वर्षमा ६ ट्राइमेस्टर हुँदा एक क्रेडिट आवर र दुई क्रेडिट आवरका छोटा छोटा तर समय सान्दर्भिक कोर्षहरु लगायत ३ क्रेडिट देखि ६ क्रेडिट आवरसम्मका गहन कोर्षहरु समेत समावेश गरिएका छन् ।
स्नातक तहका हरेक कार्यक्रमहरुमा करिव ३० प्रतिशत क्रेडिट आवरका कोर्षहरू र स्नातकोत्तर तहमा करिव ८० प्रतिशत कोर्षहरु सम्बन्धित स्कुल कलेजहरुलाई नै स्वायत्त तरिकाले सञ्चालन गर्ने व्यवस्था रहेको छ । यो व्यवस्था नेपाली विश्वविद्यालयहरु मध्ये पोखरा विश्वविद्यालयमा मात्र रहेको छ ।
यसरी स्वायतत्ता प्रदान गरिदा बदलिंदो र बजारको माग अनुसार पाठ्यक्रममा नयाँ कुराहरु समावेश गर्न सकिने, घोकन्ते र परीक्षामुखी सिकाई भन्दा व्यावहारिक, सीपयुक्त, सहभागितामूलक र वर्तमान बजारको आवश्यकता अनुसारको सिकाईमा जोड दिइन्छ ।
स्नातक तथा स्नातकोत्तर तहका प्रत्येक कार्यक्रमहरुमा बढीमा २५ प्रतिशत सम्म स्वदेशी वा विदेशी विश्वविद्यालयवाट अध्ययन गरी आएका मिल्दा कोर्षहरुको डिन अफिसबाट स्विकृति लिई क्रेडिट ट्रान्सफर गर्न सकिन्छ ।
अन्तमा यी नयाँ पाठ्यक्रमहरु समय र बजारको माग अनुसार परिष्कृत र परिमार्जित छन् । व्यापार, व्यावसाय गर्न, दक्ष र कुशल व्यवस्थापकहरु निर्माण गर्न र समग्र अर्थतन्त्रको विकासको लागि योगदान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्