
काठमाडौं – पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका थिए ।
उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि ठूलो भूमिका खेलेका थिए ।
पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका ढुङ्गाना वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी, नागरिक समाजको अगुवा, पत्रकारिता र शिक्षण पेशामा समेत लागेका थिए ।
प्रतिक्रिया दिनुहोस्