images
images
  • विश्वका प्रदूषित सहरको छैटौ स्थानमा आयो काठमाडौं, पहिलोदेखि पाँचौ नम्बरसम्मै एसियाली सहर

    काठमाडौं – विश्वका प्रदूषित सहरको सूचीमा नेपालको राजधानी काठमाडौं छैटौ नम्बरमा आएको छ ।

    स्विटजरल्याण्डस्थित आईक्यूएअरका अनुसार बिहीवार बिहान काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ ।

    वातावरण विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताउँदा मानिसहरु बिरामी पर्न सक्छन् ।

    वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्रमा सबैभन्दा बढी  १ सय ६९ एक्यूआई प्रदूषण मापन गरिएको छ । त्यस्तै रत्नपार्क क्षेत्रको प्रदूषण १ सय ६५ र भरतपुको १ सय ६४ एक्यूआई मापन गरिएको छ ।

    स्वस्थ वायुमा भने रारा क्षेत्रको वायु १६, हेटौडाको २८ र धनकुटाको ९८ एक्यूआई मापन गरिएको छ ।

    आईक्यू एअरका अनुसार पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ । लाहोरको प्रदूषण मापन ७५५ मापन गरिएको छ ।

    दोस्रो स्थानमा छिमेकी देश भारतको राजधानी सहर नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा एक्यूआई ४२३ भन्दा माथि पुगेको छ ।

    तेस्रो स्थानमा भियतनामको हानोई, चौथो स्थानमा भारतकै कोलकता र पाँचौँ स्थानमा बंगलादेशको राजधानी ढाका सहर सबैभन्दा बढी प्रदूषित सहको सूचिमा नेपालभन्दा अघि रहेका छन् ।

    चिसो बढेसँगै यी क्षेत्रमा वायु प्रदूषण गम्भीर तहमा पुग्ने गरेको छ ।  नेपालमा पनि पछिल्लो समय विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढ्ने गरेको छ । केहि दिन अघि दाङको देउखुरीको वायु नेपालको सबैभन्दा खराब रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images