images
images
  • सरकारलाई कुलमानको चेतावनी : ‘उद्योगीले १५ दिनभित्र बक्यौता तिरेनन् भने फेरि लाइन काटिन्छ’

    काठमाडौं – विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने चेतावनी दिएका छन् ।

    बुधवार दिउँसो प्राधिकरणमा पत्रकारसम्मेलन आयोजना गर्दै घिसिङले नेपाल सरकारले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको भन्दै बक्यौता नतिरे फेरि पनि कानुन अनुसार नै जाने उनले बताए ।

    ‘नेपाल सरकारको निर्देशनअनुसार १५ दिनभित्र बक्यौता बुझाउनुपर्ने छ । त्यस अवधिमा बक्यौता नबुझाउने हो भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं,’ उनले भने ।

    १५ दिनभित्र बक्यौता नउठे त्यसको जिम्मा नेपाल सरकार र ऊर्जा मन्त्रालयले लिनुपर्ने पनि उनले बताए।

    ‘हामीले कानुनी रूपमा बक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ, त्यसलाई मान्न हामी बाध्य छौं, तर अब बक्यौता उठाउने जिम्मेवारी नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि हो,’ उनले भने ।

    यसअघि पनि तीन पटक लाइन काटेकोमा नेपाल सरकारले गरेको निर्णयअनुरूप जोडिदिएको र अहिले पनि त्यही गरेको उनले बताए ।

    ‘विद्युत प्राधिकरण ऐन २०४१ मा नेपाल सरकारको निर्देशन पालना गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यो व्यवस्थालाई सम्मान गर्दै कानुनी रूपमा काटिएको लाइन नेपाल सरकारको प्रशासनिक निर्णयबाट जोड्ने चरणमा हामी छौं,’ उनले भने ।

    यस अघि उनले कुनै विषयवस्तु उल्लेख नगरी आकस्मिक पत्रकार सम्मेलन बोलाउँदा पदबाट राजिनामा दिने अड्कलबाजी गरिएको थियो । तर उनले १५ दिनभित्र बक्यौता नतिरे पुन: लाइन काट्ने भन्दै सरकारलाई नै चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images