images
images
  • पूर्वमन्त्री दीपक मनाङे काठमाडौंको सानोभर्‍याङबाट पक्राउ

    काठमाडौं – गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।

    ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका पूर्वमन्त्री मनाङेलाई प्रहरीले आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको जनाएको छ ।

    मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

    पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि आजै अदालत उपस्थित गराइने छ ।

    गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । अदालतमा मुद्दा विचारिधन रहेकै अवस्थामा मनाङे दुईपटक प्रदेश सभा सदस्यबने भने पटक पटक मन्त्रीसमेत बनेका थिए ।

    न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको थियो ।

    तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन चक्रे मिलन भनिने मिलन गुरुङलाई तरबार हानेको थियो । सोही घटनाको मुद्दामा मनाङे जिल्ला, उच्च हुँदै सर्वोच्चबाटसमेत दोषी ठहर भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images