images
images
  • पूर्वमन्त्री दीपक मनाङे सर्वोच्चबाट पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर, पाँच वर्ष कैद सजाय

    काठमाडौं – गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

    मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो ।

    ०७८ मा उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।

    गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार र खेलकुद मन्त्री रहेका मनाङेले केहि समय अघि बनेको गठबन्धनमा रोजेको मन्त्रालय नपाएपछि उनी मन्त्रीमण्डलमा सभागी भएका थिएनन् ।

    उनले आफ्नो भागमा परेको वन मन्त्रालय विक्रीमा राखेको तर किन्ने व्यक्ति फेला नपरेको जस्तो अराजक अभिव्यक्ति दिएपछि आलोचना समेत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images