images
images
  • राष्ट्रपति पौडेलले शुभसाइतमै लगाए भाइटीका, अरुलाई दिनैभरी शुभसमय

    काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमै भाइटीका लगाएका छन् ।

    दुई बहिनी शारदा पण्डित र चन्दा ओझाको हातबाट आइतबार शुभसाइतमा यो वर्षको भाईटीका लगाएका हुन् ।

    राष्ट्रपति पौडेलले आइतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आइतबार बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

    यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images