images
images
  • आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्ने गृहमन्त्री रमेश लेखकको घोषणा

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि अनुसन्धान हुने बताएका छन् ।

    बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले कसैको पनि मुख हेरेर नभई, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए ।

    ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही पनि हुन्छ ।’

    सहकारी ठगी प्रकरणमा  पछिल्लो समय धनराज गुरुङको पनि नाम जोडिएको छ । उनले सहकारीको रकम अपचलन आफूले नभई आफ्नी श्रीमतीले गरेको र अहिले उनीसँग सम्बन्ध बिच्छेद भइसकेको दाबी गर्दै आएका छन् ।

    तर, उनले सहकारीको ऋण तिर्न भनी व्यवसायी मीनबहादुर गुरुङबाटै ऋण लिएको भनेपछि उनी अर्को विवादमा तानिएका छन् ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि धनराज गुरुङमाथि अनुसन्धान हुने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images