
काठमाडौँ — एमालेको पार्टी मुख्यालय भवन एउटै व्यक्तिको दानमा निर्माण गर्नु गलत भएको र त्यसलाई सच्याउनुपर्ने भन्दै टिप्पणी गर्ने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले ‘कारबाही हुनुपर्ने विषय नभएको’ भन्दै स्पष्टीकरण दिएका छन् ।
एमाले सचिवालय बैठकले कात्तिक ४ मा व्यवासायी मीनबहादुर गुरुङले दान स्वीकार्ने पार्टी निर्णय विपरीत गएको भन्दै नेता भीम रावल, पाण्डे र तिम्सेनालाई स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिम्सेनाले पार्टीको साख गिर्ने गरी भएको निर्णयमा सुझाव दिँदा कार्बाही हुनुपर्ने कारण नभएको लिखित स्पष्टीकरण दिएका छन् । रावलले भने स्पष्टीकरण दिएका छैनन् ।
महासचिब शंकर पोखरेललाई स्पष्टीकरण दिँदै पाण्डेले सामाजिक सञ्जालमा पार्टीको हितमा आफ्नो धारणा राख्नु कारबाहीको विषय नभएको बताएकी छन् ।
‘लामो इतिहास बोकेको पार्टीले एकजना व्यक्तिको दानमा पार्टी केन्द्रीय कार्यालय बनाउनु उचित हुँदै भनेर सामाजिक सञ्जालमा लेखेको विषय कारबाहीको विषय हो कि होइन ? ’उनले भनिन् । केन्द्रीय कमिटीले पार्टी केन्द्रीय कार्यालय आफैं बनाउने निर्णय गरेको स्मरण गराउँदै उनीहरुले पार्टीको ओज घटाउने कुरा नगरेको तर्क गरेका छन् ।
केन्द्रीय सदस्य तिम्सेना फौजदारी अभियोग लागेको व्यक्तिबाट पार्टी मुख्याल बनाउने दान लिनु आफैंमा ‘कन्फिलिक्नट अफ इन्ट्रेस्ट’ हुने उल्लेख गर्दै स्पष्टीकरण दिएकी छन् ।
‘केन्द्रीय कमिटीले पार्टी कार्यालय भवन बनाउने निर्णय गरिसकेको छ’ तिम्सेनाको भनाइ छ, ‘फौजदारी अभियोग लागेका व्यक्तिबाट दान लिनु कन्फिलिक्ट अफ इन्ट्रेस्ट हुन्छ । यसले झन् जनतालाई निराशा गराउँछ । पार्टीको गरिमा क्षय नहोस् भनने उद्देश्यले टिप्पणी गरेको हो ।’
एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङले संयुक्तरुपमा अरोज २५ मा शिलान्यास गरेका थिए । कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय भएको थियो ।
पार्टी शिलान्यास गरेपछि पाण्डेले दानमा मुख्यालय लिने निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् ।
‘मनमोहन र मदनहरुले उाचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बााचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौं’ उनले लेखेकी थिइन् । तिम्सेनाले पनि उक्त निर्णयप्रति असहमति जनाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्