images
images
  • एमालेलाई मीनबहादुरले दान दिएको जग्गामा पार्टी कार्यालय निर्माण तत्काल अघि नबढाउन आदेश

    काठमाडौं – सर्वोच्च अदालतले एमालेलाई दानमा दिएको अर्ब बढीको जग्गा तत्काल हस्तान्तरण नगर्न आदेश दिएको छ ।

    एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट कीर्तिपुरमा ११ रोपनी ४ आना बढी जग्गा दानमा लिएर पार्टी कार्यालय बनाउने निर्णय गर्दै शिलान्यास समेत गरिसकेको थियो ।

    सर्वोच्च अदालतले भने उक्त जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन आदेश दिएको छ ।

    सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाईसमेत छलफलमा बोलाएको छ ।

    अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालय भवन निर्माण यथास्थितिमा राख्ने अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । आदेशको लिखित रुप भने प्राप्त भइनसकेको सर्वोच्च स्रोतले बताएको छ ।

    सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन माग गरेको छ ।

    गत दशैंको फुलपातीको दिन कलंकीमा एमाले पार्टी कार्यालयको शिलान्यास भएको थियो । शिलान्यास कार्यक्रममा उपस्थित व्यवसायी मीनबहादुर गुरुङले आफूले एमालेलाई जग्गा दान दिएको र एक वर्षभित्र भवन पनि बनाइदिने घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images