काठमाडौं – नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गरि चाँदीका सिक्का (मेडालियन)को बिक्री सुरु गरेको छ ।
राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ ।
राष्ट्र बैङ्कले यसपटक चाँदीको सिक्का तथा मेडालिनको मूल्य पनि बढाएको छ । संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि टक्सार महाशाखाले सूचना प्रकाशित गरी तिहारका लागि बिक्री हुने स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य सार्वजनिक गरेको थियो ।
नयाँ मूल्यअनुसार १० ग्राम लक्ष्मी मेडालिनयन, गणेश मेडालिनयन, गज लक्ष्मी मेडालियनको मूल्य २२ सय रहेको छ । यसअगाडि यी मेडालियनको मूल्य २ हजार रुपैयाँ कायम गरिएको थियो ।
साथै, १५ ग्राम टक्कसार यान्त्रीकरणको मूल्य ४१ सयबाट ४४ सय, ३१ दशमलव १०३ ग्राम राज्यारोहण १ ओजेडको ७ हजार ९ सय ५० बाट ८ हजार ५ सय ७५ पुगेको छ ।
यसैगरी २५ ग्राम गाई मेडालियनको ५ हजारबाट ५५ सय रुपैयाँ, १० ग्राम गाई मेडालियनको २ हजारबाट २२ सय रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्