
काठमाडौं-नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिएको विषयको पार्टी भित्र विरोध शुरु भएको छ ।
नेकपा एमाले पार्टी कार्यालय बनाउन व्यवसायी मिनबहादुर गुरुङले जग्गा दिएपछि एमाले नेतृ विन्दा पाण्डेले आलोचना गरेकी छिन् । पाण्डेले साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने काम भएको टिप्पणी गरिन् । उनले सामाजिक सञ्जालमार्फ लिने र दिने दुवै गलत भएको बताइन् ।
उनले पार्टी कार्यकर्तामा मात्र नभइ २८ लाख मतदातालाई समेत अपमान हुने काम गरेको बताइन् । उनले लेखेकी छिन् ‘व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो ।।तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परेको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ ।’
उनले समय घर्की नसकेकाले निर्णय सच्याउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छिन् । ‘समय अझै घर्किसकेको छैन । मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सोचौँ ।’
प्रतिक्रिया दिनुहोस्