सिन्धुली-काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस मंगलबार साँझ रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रदेश–३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडदेवी गाउँपालिका–३ भीरपानीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप सिंहका अनुसार मृत्यु हुनेमा रामेछापको सुनकोशी गाउँपालिका–६ की युनिषा श्रेष्ठ रहेकी छिन् ।
अन्य घाइते हुनेहरूको नाम खुलेको छैन । घाइतेहरूको उद्दार गरी सिन्धुलीको रातमाटा र अन्य विभिन्न अस्पताल पठाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्