images
images
  • प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोन

    काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

    सिंहदबारमा आज बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए ।

    संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ ।

    न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । रासस

    प्रतिक्रिया दिनुहोस्

    images
    images