
११ असोज, काठमाडौं । निरन्तरको वर्षाद्ले राप्ती लोकमार्ग र भीमफेदी-कुलेखानी सडक अवरुद्ध भएको छ ।
ती राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गहरु अवरुद्ध भएका हुन् । लगातारको वर्षाले देशका अधिकांश पहाडी राजमार्गहरु अवरुद्ध हुनसक्ने भन्दै सरकारले
रातमा यात्रा नगर्न आग्रह गरिसकेको छ ।
आगामी केही दिनसम्म बाढी र पहिरोको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचनामार्फत जानकारी गराइसकेको छ ।
असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।
यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ । राससको सहयोगमा
प्रतिक्रिया दिनुहोस्