images
images
  • बसाइँ सरी गएकाहरु गाउँ फर्किएमा एक लाख रुपैयाँ अनुदान र ६ महिनासम्म खाद्यान्न पाउने

    ९ असोज, पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्चसमेत प्रदान गर्ने भएको छ ।

    गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।
    गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरेको हो ।

    गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनले बताए ।

    अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका ३२५ जना बसाइँ सरेर गएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस्

    images
    images