images
images
  • नेकपा एसको अध्यक्षमा झलनाथले घनश्यामलाई सघाउने

    काठमाडौं- नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सघाउने भएका छन् । बुधबार बिहान खनाल निवास डल्लु भएको छलफलमा भुसाललाई पार्टी अध्यक्षमा समर्थन गर्ने सहमति भएको हो ।

    यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । यसअघि जसको विचार उसैको नेतृत्व भन्दै आएका खनाल महाधिवेशनको सम्मुखमा आएर अध्यक्षको दाबीबाट पछि हटेका हुन् ।

    अब आगामी १६ असारदेखि सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भूसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन् ।

    एकीकृत समाजवादीको महाधिवेशन १६ असारदेखि काठमाडौंमा सुरु हुँदैछ । झलनाथ खनालको उत्तराधिकारीका रुपमा घनश्याम भूसाल अगाडि बढ्ने सहमति भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् । छ’, खनाल निकट स्रोतले भन्यो ।

    महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन्। सम्मानित नेता खनाल पछि हटेसँगै अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने देखिएको छ।

    तत्कालीन एमाले र २०७८ भदौमा बनेको एकीकृत समाजवादीभित्र खनाल र भूसालबीच निकटको सम्बन्ध थियो । दशौं राष्ट्रिय महाधिवेशनमा खनाल र भूसाल दुवैले अध्यक्षको दाबी गरेका थिए । दुवै नेताका पार्टीभित्र धेरै मानिस साझा थिए । त्यसैले खनाल र भूसाललाई मिल्न दबाब थियो ।

    छलफलमा खनाल र भुसालसहित प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, युवा नेताहरूमा नरेश शाही र सन्दिप राई सहभागी थिए । पछि खनाल र भुसालबीच एक्लाएक्लै छलफल भएको थियो ।

    चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images