अर्घाखाँची- अर्घाखाँचीमा ११ वर्षीया बालिकासँग विवाह गर्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पाणिनि गाउँपालिका(४ गेजाटाकुराका ३० वर्षीय अमर बहादुर राना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ११ वर्ष ७ महिना ५ दिनकी बालिकासँग रानाले विवाह गरेका थिए ।बालिकाका आफन्तले वैशाख ३१ गते राति विवाह गरेको जाहेरी दिएपछि प्रहरीले आइतबार पक्राउ गरिएको प्रहरीले जनएको छ ।जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान थालेको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्