images
images
  • काठमाडौंमा कांग्रेसको बृहत प्रदर्शन आज

    काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै सदन चर्काइरहेको कांग्रेस आजबाट सडकमा निस्कन लागेको हो ।

    केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार सरकारको ज्यादती र सहकारी ठगीविरुद्ध काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि प्रदर्शन हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

    कांग्रेसका भ्रातृ संगठनहरु नेविसंघ, तरुण दल, महिला संघलगायत यसअघि नै सडकमा आइसकेका छन् ।

    कांग्रेसले आजको प्रदर्शनलाई सरकारको अलोकतान्त्रिक र असंवैधानिक रवैया र सहकारी ठगीविरुद्ध भनेको छ ।

    उनले भने, ‘आजको प्रदर्शनको कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले आयोजना गर्ने हो । केन्द्रले समर्थन गर्ने र सहभागी हुने हो । त्यसका लागि प्रचारप्रसारको काम भइरहेको छ । जिल्ला समितिले गर्ने भएपछि केन्द्रले धेरै तयारी गर्नुपर्दैन । उहाँहरुले आआफ्नो ठाउँबाट गरिरहनुभएको छ ।’

    सहकारी प्रकरणमा छानबिन गर्न बनाउने भनिएको समितिको कार्यादेशबारे छलफल चलिरहेको छ, तर यो सहमति भए पनि आफूहरुले तय गरेको प्रदर्शनको कार्यक्रम नरोकिने उनले सुनाए ।

    गृहमन्त्रीवि  लामिछानेको सहकारी प्रकरणमा संलग्नताबारे छानबिनको माग गर्दै आएको छ । तर, समितिको कार्यादेशलाई लिएर दलहरूबीच सहमति जुट्न सकेको छैन ।

    सरकारमाथि दबाब बनाउन कांग्रेसले सडकमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शन दिउँसो १ बजेबाट सुरु हुने कांग्रेसले जनाएको छ । संसद्मा कांग्रेसको अवरोध कायमै छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images