images
images
  • प्रतिनिधिसभा बैठक बस्दै आज, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ।

    बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरुको मनोनयन गर्नेछन्।

    यसैगरी, सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्नेछन्। सांसद प्रेम सुवालले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।

    बैठकमा अर्थमन्त्री वर्षमान पुनले “आर्थिक वर्ष २०८०(०८१ को आर्थिक सर्वेक्षण” पेश गर्नेछन्। अर्थमन्त्री पुनले “बैंक तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम छ।

    बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

    आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले गत जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

    बैठकमा आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले उक्त छलफलको क्रममा उठका प्रश्नहरुको जवाफ दिनेछन्।

    सभामुखले प्राप्त संशोधनहरु र राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    karyasuchi

    प्रतिक्रिया दिनुहोस्

    images
    images