
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिने तयारी गरेका छन् । शुक्रबार विश्वासको मत लिने गरी बोलाइएको प्रदेश सभा बैठक बस्दै–नबसी स्थगित भएको थियो । आज फेरि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
शुक्रबार ८ बजेका लागि बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेन । नेकपा एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि हिजोको बैठक स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्