images
images
  • लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।

    मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो ।  त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो ।

    ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत

    समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस्