
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा सहभागी एकताबद्ध हुने वातावरण बन्दै गएको दाबी गरेका छन् ।
माओवादी केन्द्र कोशी प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै समाजवादी मोर्चामा सहभागी दलहरुबीच चाँडै एकताबद्ध हुने बताए ।
माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेकाले बताए । आफूले नेतृत्व गरेको सरकारको कामले जनतामा सकारात्मक आशा जागेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्