
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले शपथ लिएकी छन् ।
बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्