
काठमाडौं । उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् ।
ईपीएस कोरिया शाखाका अनुसार २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षामा सहभागी ४० हजार ५८० जनामध्ये ६ हजार ३२१ जना पास भएका हुन् ।
पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ ।
पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै मिती, स्थान र समयममा उपस्थित हुन ईपीएस कोरिया शाखाले सूचित गरेको छ ।
उत्पादन क्षेत्रतर्फको दोस्रो चरणको परीक्षा पनि वैशाखबाट हुने शाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्