images
images
  • गण्डकी सरकारविरुद्ध सर्वोच्च पुग्यो काँग्रेस

    काठमाडौँ। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च अदालत पुगेका छन् ।

    सभामुखको समेत हस्ताक्षरबाट बहुमत देखाएर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै उनी सर्वोच्च गएका हुन् ।

    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारीसमेतलाई विपक्षी बनाएर रिट दायर भएको हो ।

    मुख्यमन्त्रीमा अधिकारीको नियुक्त असंवैधानिक दाबीसहित बदर गर्न माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images