images
images
  • भारतको नैनीतालमा सवारी दुर्घटना : ७ नेपालीको मृत्यु

    काठमाडौँ । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।

    भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्  ।

    वान इण्डियाका अनुसार दुर्घटनामा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

    उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कंदै गर्दा उक्त दुर्घटना भएको हो ।

    दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images