images
images
  • कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग नछाड्ने

    काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग नछाड्ने भएको छ ।

    आज बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी लामिछानेमाथि छानबिनको मागलाई कायम राख्ने निर्णय भएको हो । कांग्रेसले यसअघि संसदबाट आगामी संसद् बैठकसम्म सरकारले समिति नबनाएर संसद अवरुद्ध पार्ने चेतावनी दिएको थियो ।

    लामिछानेमाथि आफू पूवसहकर्मी जीबी राईसँग मिलेर सहकारीको बचत हिनामिना गरेको आरोप छ । तर, लामिछानेले भने सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गर्दै आएका छन् ।

    यसबारे थप छलफलका लागि कांग्रेसले मंगलबार बिहान संसदीय दलको बैठक पनि आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्