
काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा रहेको छ ।
केही समय यता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । स्विट्जरल्याण्डको आईक्यूएयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ ।
सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो ।
विश्वमै सबैभन्दा प्रदूषित नयाँदिल्लीको एक्युआई २४४ छ। यो अत्यन्तै अस्वस्थकर वायुको अवस्था हो। २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ।
एक्यूआईले हावामा हुने पीएम २।५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्