images
images
  • उपनिर्वाचनका लागि आयोगले तोक्यो १० हजार ८९२ मतदान स्थल

    काठमाडौँ। निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

    निर्वाचन आयोगका अनुसार देशभर गरी १० हजार ८९२ मतदान स्थल तोकेको हो ।

    निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरूलाई अन्तिम रूप दिएको हो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images