images
images
  • दुई समूहबीच झडपपछि सुनसरीमा कर्फ्यु

    विराटनगर । सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधादेश जारी गरिएको हो ।

    हिजो एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका- १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो । दुवै पक्षको झगडाले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको कामु सीडीओ वेदराज फुयलले बताए ।

    हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अहिले स्थिति नियन्त्रणमा आएको फुयलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images