images
images
  • इलाम २ मा माओवादीले एमालेलाई सघाउने

    काठमाडौं। नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

    माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिसमा परेका धिरेन्द्र शर्मालाई पछि हटाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।

    यसअघि माओवादी पदाधिकारी बैठकले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो । इलाम–२ मा धीरेन्द्र शर्मालाई उमेदवार बनाउन तल्ला कमिटीबाट सिफारिस समेत गरिएको थियो ।

    स्रोतका अनुसार बझाङ क्षेत्र नम्बर १ ‘क’ मा भने माओवादीका उम्मेदवारलाई सघाउन एमालेसँग छलफल भइरहेको छ। त्यहाँ माओवादीले जनबहादुर बुढालाई उमेदवार बनाउने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images