images
images
  • जसपाबाट हसिना खान समानुपातिकमा सिफारिस

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।

    बिहीबार बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट खानलाई समानुपातिक सांसदका निम्ति सिफारिस गर्ने निर्णय गरेको हो ।

    चैत ४ गते जसपाकी सांसद मञ्जु अन्सारीको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ ।

    अन्सारीको निधनपछि रिक्त स्थानमा खान सिफारिस भएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images