images
images
  • फेरि बढ्यो पेट्रोलको मूल्य, लिटरमा अब कति ?

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

    इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो ।

    काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७५ तिर्नु पर्ने छ । यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो ।

    डिजेल/मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    43468529810102534638551314906436461534304055n 3132024050604

    प्रतिक्रिया दिनुहोस्

    images
    images