
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेबारे प्रदेशसभामा सचिवालयमा आज बिहान १० बजे नै पत्र प्राप्त भएको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्