images
images
  • सुदूरपश्चिममा नयाँ गठबन्धनको सरकार बनाउने माओवादीको निर्णय

    काठमाडौँ । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलले नयाँ सत्ता गठबन्धनको सरकार बनाउने विषयमा निर्णय गरेको छ ।

    आज संसदीय दलको कार्यालयमा बसेको बैठकमा केन्द्रमा तयार भएको एमाले माओवादीसहितको गठबन्धनको सरकार सुदूरपश्चिममा पनि बनाउने गरी कसरत गर्ने निर्णय गरेको हो ।

    माओवादी उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह इन्चार्ज विना मगर, प्रदेश अध्यक्ष हरि चौधरी उत्सव सहितका माओवादी संसदीय दलको बैठकले नयाँ सत्ता गठबन्धनको सरकार बनाउने निर्णय गरेको हो ।

    खगराज भट्ट बाहेकका सुदूरपश्चिम प्रदेशका सबै प्रदेश सभा सदस्यहरू आजको बैठकका उपस्थित थिए । माओवादी नयाँ सत्ता गठबन्धनको पहिलो ठूलो दल हो । यहाँ माओवादीका ११ सांसद छन् ।

    माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अहिले काँग्रेसका कमल बहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

    यहाँ काँग्रेसका १८ र नाउपाका ७ सांसदका छन् । २२ गते भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images