images
images
  • काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो

    चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलबाट त्रिशुलीमा ट्याक्सी खसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिन बजारले दिएको जानकारी अनुसार करिब ७ बजेतिर ट्याक्सी खसेको हो ।

    प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशुली नदीमा खसेको छ । काठमाण्डौबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सीमा ५ जना रहेको र अहिले दुर्घटनामा परेकाहरुको स्थानीय र प्रहरीद्वारा उद्दार गरिरहेको छ ।

    दुर्घटनामा पर्नेहरु सबै गोरखा नगरपालिका ७ को स्थानीयहरु रहेको साथै बाँकी विवरणहरु खुलिनसेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images