
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् ।
शुक्रबारदेखि हेटौँडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री दाहालले अर्थमन्त्री परिवर्तनसँगै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताए । ‘स्रोत सुनिश्चितता नगरी धेरै योजना अगाडि बढाइएको रहेछ । अहिले हामीले योजना पूर्ण रूपमा सम्पन्न भएको आयोजनाको भुक्तानी दिइसकेका छौँ,’ उनले भने । प्रधानमन्त्री दाहालले स्रोत सुनिश्चितता नभएका योजना निर्माण व्यवसायीसँगको सहमतिमा काम अगाडि नबढाउने बताए ।
प्रतिक्रिया दिनुहोस्