images
images
  • राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

    काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्।

    अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् ।

    नयाँ सत्ता समीकरणमा अध्यक्ष माओवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् ।

    राष्ट्रिय सभाको उपाध्यक्षमा यस अघि एमालेको दाबी रहेपनि एकीकृत समाजवादीले दाबी गरेपछि एमालेले छोडेको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images