images
images
  • उपनिर्वाचनको चहलपहल बढ्याे, आआफ्नै शक्ति परीक्षणको सोचमा दलहरू

    काठमाडौँ । विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा तालमेल गर्दै चुनावी प्रतिस्पर्धा गर्दै आएका प्रमुख राजनीतिक दल आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भने आआफ्नै शक्ति परीक्षणमा लाग्ने भएका छन् । त्यस प्रतिस्पर्धामा संसदीय अभ्यासमा पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दल पनि सहभागी हुँदै छन् ।

    हालसम्मको राजनीतिक परिदृश्य अनुसार एक महिनापछि इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ (क) मा हुने उपनिर्वाचनमा दलहरूबिच एकल रूपमा प्रतिस्पर्धा हुने भएको छ तर चुनाव हुने दिनसम्ममा पनि कुनै दलले अर्को दललाई समर्थन गर्ने सम्भावना पनि छ ।

    बुधबार साँझसम्म प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र केही स्वतन्त्र उम्मेदवारले छुट्टाछुट्टै चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

    इलाम–२ बाट निर्वाचित एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन तय भएको हो । एमालेले नेता नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

    एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवार मिलन लिम्बू, पहिचान पक्षधर नेता प्रेमदीप थाम्सुहाङ र डकेन्द्रसिंह थेगिम लिम्बूलगायतले उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेस, माओवादी केन्द्र, रास्वपासहित दलले उम्मेदवार तय गर्न आन्तरिक परामर्श गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images