प्रदेश १: एमालेका कार्कीले मुख्यमन्त्री दाबी गर्दै

प्रदेश १: एमालेका कार्कीले मुख्यमन्त्री दाबी गर्दै

विश्व खबर

@BishwoKhabar

२०७९ पुस २४ गते आईतबार ०३:१७

काठमाडौं- प्रदेश १ मा नेकपा एमालेले स्थायी कमिटीका सदस्य हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाका ६० सांसदको समर्थनमा कार्कीले  प्रदेश प्रमुख...

काठमाडौं- प्रदेश १ मा नेकपा एमालेले स्थायी कमिटीका सदस्य हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाका ६० सांसदको समर्थनमा कार्कीले  प्रदेश प्रमुख परशुराम खापुङ सक्षम सरकार निर्माणको दाबी गर्ने छन् ।

नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समय आज दिउँसो ५ बजे सकिँदै छ । त्यसअघि नै एमालेका सांसद कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।

सत्तारुढ गठबन्धनबीच शीर्ष तहमा भएको भागबण्डामा प्रदेश-१ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हो । त्यस्तै माओवादीले माओवादीले सभामुखमा चित्त बुझाउनु परेको छ । शीर्ष नेताको बैठकपछि आजै प्रदेश – १ को सरकारमा दाबी गर्ने गठबन्धनको तयारी भइरहेको हो ।

९३ सदस्यी प्रदेशसभामा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सांसद रहेका छन् । प्रदेश १ का प्रमुख खापुङले नयाँ सरकार गठनका लागि तोेकेको समय आज साँझ पूरा हुँदै थियो ।

कार्की एमालेका शेरधन राई मुख्यमन्त्री हुँदा प्रदेशका कानुन तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए ।

 

 

प्रकाशित मिति २०७९ पुस २४ गते आईतबार ०३:१७
प्रतिक्रिया दिनुहोस
  • malaxmi

  • machha

  • prabhu bank

  • mdbank

  • ninm